सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको १ लाख ६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो

उक्त सेयरमा संस्थापक शेयरधनीहरुसहित अन्य जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन पाउने संस्थाले जनाएको छ । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता २१७ रुपैयाँ तोकिएको छ ।
उक्त सेयरमा असार १३ गतेसम्म न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

बोलपत्र एनआईसी एसिया क्यापिटलको कार्यालय र एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयकका साथ शाखा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगर सुर्खेतमा दिन सकिनेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ४२ बजे