साफ यू–१७ च्याम्पियनसिप आजदेखि

‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक

काठमाडौँ । गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । 

मङ्गलबार एक कार्यक्रमबीच उक्त  गीत सार्वजनिक गरिएको हो । 

गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ ।

 प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । सङ्गीत संयोजन कमल सौरजले गर्नुभएको छ भने सम्पादन मीन रावलले गर्नुभएको छ । गीतको छायाङ्कन चितवनमा गरिएको हो । 

कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै गीतका लेखक सापकोटाले गीत–सङ्गीतलाई समय सापेक्षितरूपमा परिवर्तन गर्दै अगाडि बढ्ने बताउनुभयो । 

उहाँले एउटा गीतलाई कस्तो स्वरूप दिने भन्ने कुरा लेखकको हातमा रहेको र त्यसको अनुयायीका रूपमा ‘ढिँडो मलाई देऊ’  सार्वजनिक गरिएको बताउनुभयो । 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ७ : ३५ बजे