काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने निर्णय गरेको छ ।
आज बसेको समितिको बैठकले ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको हो ।
गएको जेठ २९ गते बसेको समितिको बैठकबाट ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाइएको थियो ।
आज उक्त निर्णय सच्याएर ब्रोकर लाइसेन्स खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
प्रकाशित मिति : ५ असार २०८०, मंगलबार ११ : २२ बजे
प्रतिक्रिया