भन्सार छलीका सामानसहित दुई जना पक्राउ

धनगढी – कैलालीमा भन्सार छलीका सामानसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ बाट धनगढी उपहानगरपालिका–९ का २५ वर्षीय आकाश ठकुल्लाले चलाएको सु.प.प्र.०१–००१ ह ४७८४ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याएका कपडा,स्कुल ड्रेस गरि तीन लाख ४७ हजार एक सय मुल्य बराबरको सामान बरामद गरिएको हो ।

चालक ठकुल्लासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ११ बजे