मन्थली विमानस्थलमा पानी पस्यो

आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ।
 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १२ : १४ बजे