काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आज बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।
आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल सकिएको थियो ।
प्रकाशित मिति : ४ असार २०८०, सोमबार ६ : ५० बजे
प्रतिक्रिया