दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु, ३१ बेपत्ता

नोभा काखोभका – नोभा काखोभका बाँध भत्किँदा बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् ।

    युक्रेनको आन्तरिक मामिला मन्त्रालयले शनिबार जनाएअनुसार दक्षिणी युक्रेनको बाँध जुन ६ गते भत्किएको र गाउँहरू ध्वस्त भएका थिए । बाँध भत्किएर खेतबारीमा बाढी आउँदा हजारौं मानिसलाई बिजुली र खाने पानीको आपूर्तिमा समस्या भएको थियो । 

    कीभका अनुसार रुसले योजनाबद्धरुपले बाँधमा आक्रमण गरेको थियो । रुसले क्रिमियालाई पानीबाट वञ्चित गर्न र युद्धको मैदानबाट विचलित गराउन भौतिक संरचनामा आक्रमण गरेको दाबी गरेको छ ।

    युक्रेनको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार बाढी प्रभावित क्षेत्रबाट ३,६१४ जना मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

    यसैगरी खेरसन र माइकोलाइभ क्षेत्रका एक हजार तीन सय घर बाढीले डुबानमा परेका छन् ।

    रुसले सन् २०२२ को फेब्रअरीमा युक्रेनमा आक्रमण गरेदेखि बाँध वरपरको क्षेत्र सबैभन्दा ठूलो विवादित क्षेत्रमध्ये एक बनेको छ ।

रासस/एएनआई

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : २४ बजे