धरहराबाट उपत्यका नियाल्ने रहर

पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित

काठमाडौँ ।  सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ । 

कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३-१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७-२५ ले आफ्नो पक्षमा पार्‍यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५-२० ले विजयी भयो । 

उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ ।  जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन्  । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ । 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : २२ बजे