आज वर्षाको सम्भावना

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको  अस्पतालले जनाएको छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा रत्नमणि गजुरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको जनाइएको छ । 

उहाँका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको छ । राष्ट्रपति पौडेल शनिबार बिहानदेखि सो सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्छ । 
 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  २ : २८ बजे