विश्वकप छनोट: टस हारेर नेपाल ब्याटिङमा

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।

जिम्बावेको घरेलु मैदान हरारे स्पोट्स क्लबमा जिम्बावेका कप्तान क्रेग इर्विनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

केहिबेरमा सुरु हुन लागेको खेलका लागि नेपालले प्लेइङ ११ मा स्पिनर ललित राजवंशीलाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरीलाई टोलीमा  राख्ने निर्णय गरेको छ ।

विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ । पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।

नेपालको प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १२ : ५८ बजे