सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुपाल्चोक । नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । 

लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिवार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो ।

गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको समापन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यूथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको सिन्धुकपको विजेता भगवतीले नगद रु दुई लाख र उपविजेता काभ्रेले नगद रु एक लाख पाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ४८ बजे