दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

शिक्षण अस्पतालले भन्यो, ‘राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर छ’

​​​​​​​काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ । 

मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिए पछि त्रिभुवन शिक्षण अस्पताल लगिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएका हुन । 

मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर कार्यकारी निर्देशक प्रा.डा.रत्नमणी अधिकारीका अनुसार उनको मुटुको चालको मनिटरिङ गरिएको छ । ‘सम्मानीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युको मुटुको चाल मनिटरिङ गर्न आवाश्यक देखिएको हुदाँ आज बिहान सबैरै यस सेन्टरमा उपचरार्थ भर्ना हुनु भएको छ,’ अस्पतालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ‘सम्मानीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराईन्छ ।’ 

आज राती मुटुमा समस्या देखा परे पछि शनिवार बिहानै उनलाई त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको हो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  १२ : ०५ बजे