वर्षाले नेपाल र हङकङ बीचको खेल रुद्ध, अङ्क बाँड्दै नेपाल खेलबाटै बाहिरियो 

हङकङ  । अन्तिम समयमा आएर नेपाल र हङकङबीच हुने भनिएको खेल रुद्ध हुन पुगेको छ । 

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा मैदानमा जान लागेकै बेला सुरु भएको वर्षाको कारण हङकङ र नेपालबीचको खेल रद्द भएको हो ।

जसकाकारणा आज पनि वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँड्न विवश भएका थिए । साथै, समान अङ्क बाँडेका दुवै टोली एकै पटक प्रतियोगिताबाट बाहिरिएका छन् । 

आज खेल रुद्ध भएसँगै सो समूहबाट तेस्रो स्थानमा रहँदै नेपाल बाहिरिएको हो भने नेपालसँग खेल रुद्ध भएपछि हङकङ भने ३ खेलमा २ अङ्कका साथ पुछारमा रहेर बाहिरिएको हो । 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित भएको थियो भने वर्षाको कारण खेल रुद्ध भएपछि भारतसँग अङ्क बाँड्नुपरेको थियो । नेपाल ३ खेलमा १ मा हार र दुई खेलमा अङ्क बाँड्दै २ अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको नेपाल क्रिकेट सङ्घले जानकारी दिएको छ । 

सो समूहका भारत र पाकिस्तान भने समान दुई खेलमा एकमा जित र एक खेलमा अङ्क बाँड्दै ३–३ अङ्कका साथ शीर्ष र दोस्रो स्थानमा छन् ।

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ९ : ४५ बजे