लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलकाे बिच सडकमा पल्टियो, १९ जना घाइते

ललितपुर । ललितपुरमा एकाबिहानै बस दुर्घटना भएको छ । 

ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस शनिवार बिहानै बीच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो । 

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एक जनाको उपचार भइरहेको छ । उहाँका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए। 

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बस अनियन्त्रित भई बिच सडकमा पल्टिएको हो । ग्वार्को निस्कन लागिरहेको अवस्थामा तीव्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिएपछि झन्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ८ : ३२ बजे