दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चिनिया युवामा विवाह प्रति अरुचि बढ्दो, १० वर्षमा ५० प्रतिशतले घट्यो नयाँ विवाह

बेइजिङ । चीन घट्दो जन्मदरसँग जुधिरहेको छ । 

वैवाहिक जीवनमा चिनियाँ युवा युवतीको अरुचीका विषयलाई लिएर चिन सरकार चिन्तित भएको छ । हालै एक कार्यशालामा युवाहरूको विवाह प्रतिको अरुचि चिनियाँ भविष्यका लागि खतरा रहेको निष्कर्ष निकालिएको थियो । 

जसका कारण सरकारले विभिन्न प्रलोभनात्मक आश्वासन दिएर युवालाई विवाह गर्न प्रोत्साहित गर्न खोजिरहेको छ । यति हुँदाहुँदै पनि चिनियाँ युवालाई विवाहमा खासै चासो छैन । यही कारणले गर्दा चीनले सन् १९७० को दशकको उत्तरार्धयता सबैभन्दा कम विवाह गरेको गत वर्ष रेकर्ड गरेको थियो। 

यसले चीनको जनसङ्ख्याको बिग्रँदै गएको सन्तुलन झल्काउँछ। यस कारण ६० वर्ष पछाडि पहिलो पटक जनसङ्ख्या गिरावट समावेश भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । यद्यपि यी तथ्याङ्कहरू कोभिड प्रतिबन्धको समयमा हो, जब धेरै सहरहरूमा लकडाउन लगाइएको थियो।

नागरिक मामिला मन्त्रालयको तथ्याङ्क अनुसार चिनियाँ सञ्चारमाध्यमले लगातार नवौँ वर्ष विवाह दर्ता घटेको बताएको छ। 

गत वर्ष नव विवाहित जोडीको सङ्ख्या ६८.३ लाख थियो । यो २०१३ मा भएको लगभग आधा हो। सन् २०१३ मा रेकर्ड १.३४ करोड जोडीले विवाह गरेका थिए । २०२१ मा ७६.३ लाख विवाह भएका थिए । अर्थात् २०२२ मा १०.५ प्रतिशत विवाह घटेको छ। यो सन् १९८६ यताकै न्यून हो ।

चिनियाँ अधिकारीहरूले कम विवाह र घट्दो जन्मदर बीच प्रत्यक्ष सम्बन्ध देख्छन्, जहाँ सामाजिक मान्यता र सरकारी नियमहरूले अविवाहित जोडीहरूलाई बच्चा जन्माउन गाह्रो बनाउँछ। विज्ञ हे याफुका अनुसार विवाहको बढ्दो औसत उमेरसँगै विवाहको बढ्दो लागत, घट्दै गएको युवा सङ्ख्या, छोराको रोजाइले विवाह घट्दै गएको छ ।

आधुनिक इतिहासमा पहिलो पटक नवजात शिशुको सङ्ख्या पनि गत वर्ष एक करोडभन्दा तल झरेको छ । ६० वर्षभन्दा बढीमा पहिलो पटक प्रति १,००० जनामा ​​६.७७ बालबालिका मात्र जन्मिएका छन्। यो सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापनापछिको सबैभन्दा कम जन्मदर हो।

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : २८ बजे