आज वर्षाको सम्भावना

कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन, दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा अनुमतिबिना औषधि पसल सञ्चालन रहेको पाइएको छ ।

अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधिहरु विक्री बितरण तथा उपचार समेत हुँदै आएको पाइएको छ । 

जिल्लाको भीमदत्त नगरपालिका–१३ बडैपुरमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्ने ३५ वर्षीय शान्तिरजन बैरागी र भीमदत्त नगरपालिका–९ ब्रहमदेवमा मेडिकल पसलको नाम तथा अनुमति नलिई औषधी पसल संचालन तथा उपचार गर्दै आएका भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरक ३९ वर्षीय गोकुल मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ३१ बजे