मन्थली विमानस्थलमा पानी पस्यो

८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ  । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले बढेको हो ।

यसअघि, बिहीबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो । 

बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य  आज १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।  

यता, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो । 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ४० बजे