संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नामलाई सर्वसम्मत अनुमोदन गरेको छ । 

आज बसेको समिति बैठकले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । योसँग अब कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि बाटो खुलेको छ ।  

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय समितिले अनुमोदन गरेसँगै अब कार्कीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने बाटो खुलेको हो । 

बिहीबार समिति बैठकमा आफ्नो कार्य योजना पेस गरेका कार्कीलाई आज उहाँ विरुद्ध परेको उजुरीबारे सांसदले प्रश्न गर्नुभएको थियो । जवाफमा उहाँले आफूमाथि लगाइएको आरोप प्रमाणित भए तत्कालै राजीनामा दिनेसमेत बताउनुभएको थियो । 

 

 

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : ३३ बजे