साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गीतमार्फत जातीय कोटा खारेज गर्न माग

काठमाडौं । गीतमार्फत जातीय कोटा खारेज गर्न माग गरिएको छ । सन्देशमुलका गीतसंगीतमार्फत् आफ्नो छुटै पहिचान स्थापित गरेका स्रस्टा डि.आर सुजनले सार्वजनिक गरेका नयाँ म्युजिकल फिल्म (गीत) ‘नेपाली हाम्रो जात’ मा उनले जातीयभन्दा वर्गीय विभेद रहेको कथा प्रस्तुत गरेका छन् । 

 

आफ्ना अघिल्ला गीतझैँ यसमा पनि उनले मनोरञ्जनसँगै सामाजिक सन्देश प्रस्तुत गरेका सुजनले भने, 'जातीय कोटाले गर्दा कोही लायकको व्यक्तिसमेत अवसरबाट बन्चित भइरहेका छन् । त्यसैले जातीय नभई गरिब कोटा चाहिएको छ । यहाँ वर्गीय विभेद छ ।'

 

आफ्ना गीतहरूमार्फत सामाजिक सन्देश दिईरहेका सुजनले गीतसंगीतमार्फत चेतना वृद्धि गर्नु सर्जकको दायित्व रहेको बताए । 'मेरा गीतमा सामाजिक विषयले स्थान पाउने गरेका छन् । किनकि हामी मनोरञ्जनमा मात्र सिमित हुनुहुदैन ।'

 

उनले सार्वजनिक गरेको म्युजिकल फिल्ममा सबै एक समान भएको र आर्थिक सम्पन्नताको आधारमा विभेद भने कायम रहेको बताएका छन् । ‘हामी जुनसुकै जात भएपनि नेपाली हौँ । गीतमा मैले यहिँ भावलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । जातीय वर्गीकरण गर्नुहुदैन भन्ने हाम्रो आशय हो’, उनले भने ।

गीतमा शब्द, संगीत, परिकल्पना, कथा र निर्देशन सुजनकै रहेको छ । यसमा सुजनसँगै हेमन्त कान्छा रसाईली, राजु परियार र धर्म गन्धर्वको स्वर रहेको छ । सार्वजनिक म्युजिकल भिडियोमा निर्देशक सुजनसँगै विनोद परियार, सुरवीर पण्डित, रामबाबु रेग्मी, तारा बहादुर गुरुङ, लोकेन्द्र लेखक, तारा केसी, सरिता राजोपाध्याय, मुकुन्द मैनाली, इश्वरी बराल लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

यसमा मुकेश नेपालीको नृत्य निर्देशन, किरण चैसिरको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कलर, रोनिशा अधिकारीको मेकअप रहेको छ । सुजना शर्मा रेग्मी र लक्ष्मी पौडेल निर्माता रहनुभएको ‘नेपाली हाम्रो जात’ डिआर सुजन नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ११ : १९ बजे