दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमेरिका विरुद्ध एकजुट भएर लड्ने इरान र क्युबाबीच सहमति

हवाना । अमेरिकी साम्राज्यवादी नीति विरुद्ध एकजुट हुने इरान र क्युबाबीच सहमति भएको छ ।

इरानी राष्ट्रपति इब्राहिम रायसी र क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बिच अमेरिका विरुद्ध एक जुट भएर सामना गर्न सहमति भएको हो । 

अमेरिकाले दुवै देशमाथि धेरै प्रकारका प्रतिबन्ध लगाइरहेको अवस्थामा क्युबाको राजधानी हवानामा भएको भेटवार्तामा दुवै देशका राष्ट्रपतिका बीचमा सो सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  सो भेटमा दुवै नेताले अमेरिकाको आलोचना गरेका छन् । क्युबाका राष्ट्रपति क्यानेलले दुवै देशले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवादको सामना गर्ने सहमति भएको जनाएका छन् ।  

वानामा आफ्ना समकक्षी इब्राहिम राईसीलाई होस्ट गर्दै राष्ट्रपति क्यानेलले भने कि ‘दुई देशहरूले वीरतापूर्ण, दृढ प्रतिरोध, प्रतिबन्ध, दबाब, धम्की, नाकाबन्दी र अमेरिकी साम्राज्यवाद र उसका सहयोगीहरूको उदासीनताको सामना गर्नु परेको छ ।’

अमेरिकाले दुवै देशहरू माथि धेरै प्रकारका प्रतिबन्ध मात्रै लगाएको छैन, उसले दुवै देशलाई आतंकवादलाई बढवा दिएको आरोप पनि लगाउँदै आएको छ । सो भेटमा दुई नेताबीच भन्सार, दूरसञ्चार र न्यायलगायतका क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

इब्राहिम रायसीले एक व्यापारिक फोरममा भाग लिएका थिए, जहाँ उनले इरानले विज्ञान र प्रविधि, हाइड्रोइलेक्ट्रिक र थर्मोइलेक्ट्रिक प्लान्टहरू र खानीमा कम्युनिष्ट देश क्युबासँग काम गर्ने बताए। इरानी राष्ट्रपतिले सो अघि निकारागुआ र भेनेजुएलाको पनि भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ९ : ५५ बजे