सुनको मूल्यमा नयाँ कीर्तिमान

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

​​​​​​​कैलाली । कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ का ३६ वर्षीय सनम भण्डारी  पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत कञ्चनपुरले २८ दिन कैद र दुई हजार जरिवाना तोकेको थियो ।

भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ६ : ४१ बजे