आज वर्षाको सम्भावना

पत्रकार शुद्धीकरण मापदण्ड पूर्ण रूपले पालना होस् : प्रेस चौतारी भक्तपुर

भक्तपुर । श्रमजीवी पत्रकारहरूको छाता सङ्गठन प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरले पत्रकार महासङ्घले जारी गरेको १५ बुँदे शुद्धीकरण मापदण्ड पूर्ण रूपले पालना गर्न आग्रह गरेको छ ।

बिहीबार केन्द्रीय उपाध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यमा बसेको बैठकले पत्रकार शुद्धीकरण मापदण्ड पूर्ण रूपले पालना गर्न ध्यानाकर्षण गराएको प्रेस चौतारी नेपाल जिल्ला शाखा भक्तपुरका अध्यक्ष हेमराज ढकालले जानकारी दिनुभयो ।

उक्त बैठकमा उपस्थित उपत्यका इन्चार्ज हेमराज सिलवाल, भक्तपुर इन्चार्ज रमेश गिरी, अनुशासन आयोगका सदस्य रामचन्द्र प्रजापतिलगायतले शुद्धीकरण मापदण्ड पालना गर्ने र गराउन प्रतिबद्ध रहने निर्णय गरेको जिल्ला अध्यक्ष ढकालले बताउनुभयो ।

साथै आज नै प्रेस चौतारी भक्तपुरका सचिव आशिष पौडेलले आज एक विज्ञप्ति जारी गर्दै पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरलाई १५ बुँदे शुद्धीकरण मापदण्ड पालना गर्न ध्यानाकर्षण समेत गराउनुभएको छ  ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १ : २४ बजे