काठमाडौँ । भारतले आफ्नो नयाँ संसद्मा भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गर्नुभएको हो । भारतलाई कूटनीतिक नोट पठाएर संसद्लाई जानकारी गराउन उहाँले माग गर्नुभयो।
हालै भारतले आफ्नो नयाँ संसद्मा भवनमा राखेको ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु, विराटनगर समेटिएको छ ।
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार ११ : ३४ बजे
प्रतिक्रिया