आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाली महिला क्रिकेट टोली

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली आज भारतसँग प्रतिस्पर्धामा उत्रदैछ । 

एसिसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी-२० प्रतियोगिता अन्तर्गत नेपाल आज भारत ए सँग खेल्दै छ । 

आज हुने सो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेबाट सुरु हुनेछ । सो खेल हङकङको मोंग कोकमा हुनेछ ।

पहिलो खेलमा पाकिस्तानसँग ९ रनले पराजित नेपाली महिला क्रिकेट टोली आज हुने दोस्रो खेलमा भने जीतका लागि मैदानमा उत्रदैछ ।  

उता भारत भने पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो  ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ८ : १५ बजे