प्रतिनिधिसभा बैठकमा आज बजेटमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्नेछ । 

आजको बैठकबाट मन्त्रालयगत रूपमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।  बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जानकारी जनाएको छ ।

यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : ३० बजे