मार्फामा बढ्दै पर्यटक

अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ 

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधवार पक्राउ गरिएको हो । 

दोधारा चाँदनी नगरपालिकाभित्र अवैध रूपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिनुभयो । 

“नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो–“उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।” 

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरञ्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् । 

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  ७ : १६ बजे