काठमाडौँ । संसदीय सुनवाइ समितिले कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ ।
समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीलाई आज छलफलका लागि बोलाएको हो ।
लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।
संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सिफारिसमा पर्नुभएका कार्कीलाई उहाँ विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।
उहाँ विरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग बुधवार छलफल गरेको थियो ।
प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार ६ : ४२ बजे
प्रतिक्रिया