सुनको मूल्यमा नयाँ कीर्तिमान

ललितपुरमा प्रहरीमाथि चक्कु प्रहार

काठमाडौं ।​​​​​​​ ललितपुरको पाटन क्याम्पसनजिकै प्रहरीमाथि चक्कु प्रहार भएको छ । एक किशोरले प्रहरी जवानमाथि चक्कु प्रहार गरेका हुन् ।

ललितपुर पाटनढोकामा रहेको पाटन क्याम्पसनजिकै रहेको एक क्यान्टिनका किशोरले प्रहरी जवानलाई बुधबार दिउँसो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट प्रहरी जवान सामान्य घाइते भएका छन् ।

प्रहरीमाथि आक्रमण गर्ने युवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ६ : ४७ बजे