मन्थली विमानस्थलमा पानी पस्यो

सेयर बजारमा एकैदिन ५ अर्बकाे काराेबार

काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा हरियाली छाएकाे छ । केही दिनदेखि बढिरहेकाे बजारले बुधाबार पनि निरन्तरता पाएकाे छ । अघिल्लाे काराेबारकाे दिन मंगलबार उच्च अंकले बढेकाे बजार आज दाेहाेराे अंकले बढेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.४२ अकंले बढेर २०३७ बिन्दुमा बन्द भएको छ । आज २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब १ करोड ७८ लाख ७ हजार ६८२ रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था र सिटी होटल्सको सेयरमूल्यमा उच्च वृद्धि भएको हाे ।

आज सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी  काराेबार भएकाे हाे ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ४ : २३ बजे