दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

राष्ट्रपति पौडेल डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज हुनुभएको छ ।

मुटुमा समस्या देखा परेपछि मङ्गलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुभएको हो । अस्पतालले आज जारी गरेको विज्ञप्ति अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

मङ्गलवार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा उहाँ अस्पताल पुग्नुभएको थियो  । उहाँलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको थियो ।

उहाँ आज डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ५० बजे