आज वर्षाको सम्भावना

स्वर्गद्वारीबाट तीर्थयात्री बोकेर फर्केको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शन गरी फर्किन लागेको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्यूठानको भिंग्री नजिकै लु १ च ६३४५ नम्वरको कार आज दिउँसो भीरबाट खस्दा  कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला अस्पताल प्युठानकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्रमिला खनालले बताउनुभयो ।

दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।

कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए ।  चालक दाङ लमही–५ का टंकबहादुर कुमाल रहेको प्रहरीले पुष्टि गरेको छ । अन्यको सनाखत हुँदै छ ।

घटनाको थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : ०५ बजे