यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाणविरुद्ध कुनै प्रमाण भेटिएन

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाण विरुद्ध प्रहरीले कुनै प्रमाण भेटाउन सकेको छैन । प्रहरीले पोलिपोलाउ बयानका आधारमा खाणलाई २७ वैशाखमा चाबहिल मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो।

खाण विरुद्धको अनुसन्धानमा प्रहरीले बैंक खातामा वा कसैले नगद पैसा बुझाएको प्रमाण फेला पार्न सकेको छैन। 

पूर्वगृहमन्त्री खाणको पक्षबाट तीन पूर्वमहान्यायाधिवक्ताहरु खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादवले बहस गर्नेछन्। बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, बारका दुई पूर्वअध्यक्षहरू प्रेमबहादुर खड्का र शेरबहादुर केसी, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहाल, डेमोक्रयाटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी र सुरेन्द्र महतो लगायतका वरिष्ठ अधिवक्ताहरूले खाणको पक्षमा बहस गर्ने तय भएको छ। 

खाणविरुद्ध कुनै पनि जाहेरीकर्ताले किटानी जाहेरी नदिएको, बयानमा कसैले पनि खाणको नाम नपोलेको अनुसन्धानमा देखिएको छ। 

खाणलगायत हज समितिका अध्यक्ष मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पनि प्रमाण प्रहरीले फेला पार्न सकेको छैन।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  २ : ०९ बजे