यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

करिब ७ किलो चरेससहित त्रिभुवन विमानस्थलबाट जर्मन नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक जर्मन नागरिकलाई करिब ७ किलो चरेससहित पक्राउ गरिएको छ ।

सोमबार बिहान साढे ५ बजे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको टोलीले ६३ वर्षीय जर्मन नागरिक पउल वेर्स्टलाई पक्राउ गरेको हो । उनी टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका थिए । प्रहरीले उनको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरेको थियो ।

जर्मन नागरिक पउलले ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लैजादै गर्दा चेकजाँचका क्रममा प्रहरीले बरामद गरेको थियो ।

पउललाई अहिले लागुऔषध ब्युरोको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ११ : ३७ बजे