मन्थली विमानस्थलमा पानी पस्यो

यस्तो छ आज तरकारी तथा फलफूलको आजको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको मूल्य सूची सार्वजनिक गरेको छ । 

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०,मटर कोसा प्रतिकेजी मूल्य १८०, कुरिलो प्रतिकेजी २५०,काउली स्थानीय प्रतिकेजी मूल्य ५०,आलु रातो ३८ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ,चमसूरको साग रु १००,न्युरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ८०,अदुवा प्रतिकेजी २४० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ,किवी ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५०रुपैयाँ,रहु माछा ३१५,ताजा माछा(मुंगरी) रु ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ११ : १० बजे