सुनको मूल्यमा नयाँ कीर्तिमान

वीरगञ्जमा नाला सफा गर्ने क्रममा  ठुलो मात्रा बन्दुकका गोली फेला 

वीरगञ्ज । वीरगञ्जमा १ सय थानभन्दा बढी गोली भेटिएका छन् ।  

बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतबार १ सय थानभन्दा बढी गोली भेटिएका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो । 

उहाँका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो ।  

नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिएपछि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ८ : १८ बजे