फिफा यु–२० को उपाधि उरुग्वेलाई 

ब्युनर्स आयर्स । फिफा यु–२० विश्वकपको उपाधि उरुग्वेले उचालेको छ । 

अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा उरुग्वेले इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।  

निकै रोचक तथा प्रतिस्पर्धात्मक रहेको उक्त खेल पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयमा आएर ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गरेको गोलले अन्ततः उरुग्वेलाई विश्वकप विजेता बनाउन सफल भयो ।  

उरुग्वेले विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यु–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो। 

अहिलेसम्म यु–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधि उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : १३ बजे