प्रतिनिधिसभामा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।  

आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा अर्थमन्त्री डा.प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम आइतबारबाट सकिएपछि सोमवार अर्थमन्त्रीले जवाफ दिन लाग्नुभएको हो । 

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो । 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ६ : ५२ बजे