काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ ।
मन्त्रालयले कार्यालय समयमा, कार्यालय पोसाकमा, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालयभित्र कुनैपनि टिकटक बनाउन रोक लगाएको हो ।
यस्तै मन्त्रालयले कर्मचारीहरुले आफ्नो काम सम्बन्धी समेत कुनै पनि टिकटक बनाउन रोक लगाएको छ । यदी सो नियम उलंघन गरि उक्त निर्देशन नमानेमा मन्त्रालयले अनुशासन नियम अन्तर्गत कारबाही गरिने जनाइएको छ ।
प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार ८ : ०१ बजे
प्रतिक्रिया