सुनको मूल्यमा नयाँ कीर्तिमान

जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा श्रीमान‍्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान् राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षीया इन्द्रकलादेवी साहको मृत्यु भएको हो । 

जेठ २२ गते राजारामले कुटपिट गर्दा गम्भीर घाइते भएकी इन्द्रकलाको शनिबार बिहान मृत्यु भएको थियो । इन्द्रकलालाई सुरुमा उपचारका लागि नवलपुरस्थित एक अस्पतालमा लगिएको थियो । नवलपुरमा सामान्य उपचार गरेर वीरगञ्ज लगिएको थियो ।  

वीरगञ्जमा उपचार गरी २३ गते राति घर ल्याइएकोमा पुनः स्वास्थ्यमा समस्या देखिएपछि २४ गते उनलाई फेरि उपचारका लागि जनकपुर अस्पताल लगिएको थियो ।  

जनकपुरमा उपचार गरिरहँदा स्वास्थ्य अवस्था जटिल बनेको भन्दै शनिबार बिहान घरतर्फ ल्याउनेक्रममा महिलाको बाटोमा मृत्यु भएको पाइएको प्रहरीको भनाइ छ ।

महिलाको शव मृतककी छोरी, ज्वाँइलगायत केही आफन्तले प्रहरीमा उजुरी दिएपछि प्रहरीले शव बरामद गरेको हो ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ६ : ५२ बजे