यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मिटर ब्याँज पीडितसँग गृहमन्त्रीले भन्नुभयो, ‘प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्’

महोत्तरी । मन्त्री बनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।

 पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जन्ताको काम नभएको  गृहमन्त्री श्रेष्ठको तर्क छ ।

 महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जन्ताको समस्यामा नेता समेत इमान्दारी नभएको आरोप लगाउनुभयो । कुरा गर्ने दिनको अन्त्य भएको बताउदै जन्तालाइ जनप्रतिनिधि  र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रती सजग गराउनुभयो ।

मिटरव्याज पिडितहरुको समस्यालाइ सरकारले प्रमुखताका साथ लिइरहेको बताउदै गृहमन्त्री श्रेष्ठले  भन्नुभयो काइते कुरा गरेर कुनैपनी प्रहरिले पिडितलाई थप पिडा दिएको छ भने हामीलाइ उजुरी दिनुस हामी कारवाही गर्न तयार छौ ।झ मिटरव्याज पिडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा वनाउन नसकेकोप्रती पनि गृहमन्त्री श्रेष्ठले गुनासो गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाउनुभयो । उहाँ भन्नुभयो ( मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन ।

 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  ५ : ३१ बजे