सुनको मूल्यमा नयाँ कीर्तिमान

श्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा

बाँके   । बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका  १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले जेठ २५ गते  नियन्त्रणमा लिएको छ । 

नम्बर ३० गण बाँकेले सोही जिल्लाको डुडुवा गाँउपालिका ४ साहपुरुवा बस्ने  ३५ बर्षिय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो । 

भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको हो । 

नियन्त्रणमा लिईएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  २ : ४२ बजे