यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

सेवाग्राहीसँग घुस माग्ने टेकुका ल्याव टेक्नोलोजिस्ट पक्राउ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । 

    आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उहाँलाई शङ्खमूलबाट पक्राउ गरेको हो ।

आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १ : २२ बजे