यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धकाे रिट राउत र माथेमाको इजलासमा

काठमाडाैँ। नागरिकता विधेयक प्रमाणीकरणविरुद्धकाे रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको इजलासमा परेकाे छ।

बरिष्‍ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दर्ता गरेकाे रिटकाे पेसी शुक्रबारलाई ताेकिएकाे हाे। यसअघि सर्वोच्चले गत आइतबार नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियाे। 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले  थाँती राखेको नागरिकता सम्बन्धी विधेयक गत जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडलले प्रमाणीकरण गरे‍का थिए। राष्ट्रपति पौडेलले गरेको प्रमाणीकरण अवैध घोषित गरी बदर गर्न माग गर्दै भण्डारी र न्यौपानेले जेठ १८ गते रिट निवेदन पेश गरेका थिए।

रिटमा राष्ट्रपति पौडेलसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख, गृह मन्त्रालय, कानून मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : ४२ बजे