यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नु भएको छ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिनु भएको हो ।

महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । मेयर शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा हुनुहुन्छ। उहाँले भारतको बैंगलौर जानुअघि नक्सा राख्न निर्देशन दिनु भएको महानगरले जनाएको हो ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गर्नु भएको थियो । संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ। यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनानु भएन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  २ : ३६ बजे