माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटर कोसा प्रतिकेजी मूल्य १६०, कुरिलो प्रतिकेजी १८०, काउली स्थानीय प्रतिकेजी मूल्य ६०,आलु रातो ४५ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ८०,कागती १६० रुपैयाँ, चमसूरको साग रु ११०,न्युरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो १००,अदुवा प्रतिकेजी २२० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार खरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवी ४०० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,ताजा माछा (रहु) ३१५, ताजा माछा(मुंगरी) रु ३२० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : २४ बजे