दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

युक्रेनी बाँध भत्किँदा १८ हजारभन्दा घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै

मस्को । दक्षिणी युक्रेनमा ठुलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौँ मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

उक्त बाँध भत्किएपछि डिनिप्रोको किनारका १ हजार ८ सयभन्दा बढी घरहरू डुबानमा परेसँगै १५ हजार मानिसहरू विस्थापित हुन पुगेका छन् । साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ ।  

बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठुलो भाग जलमग्न भएको छ । आगामी २० घण्टामा पानीको सतह अर्को एक मिटरले बढ्ने अनुमान गरिएको छ, डिनिप्रोको किनारमा रहेका तल्लो क्षेत्रहरू डुबानमा पर्दै जाने छ, एक  अधिकारीहरूले भने। धेरै स्थानीयले डरले घरको छतमा रात बिताएका छन् ।  

बस र रेलद्वारा अत्यावश्यक सामानहरूसहित तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभका बाँधको पतनलाई सामूहिक विनाशको वातावरणीय बम भनेका छन्। यसले ८० सहर र गाउँमा बाढीको खतरा सिर्जना गरेको छ । जेलेन्स्कीले यसका लागि रुसलाई दोष दिएका छन् । 

तर, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले भने सो दुर्घटनामा नाटोको हात रहेको आरोप लगाएका छन् । बुधवार भएको काखोभका बाँध विस्फोटको जिम्मेवारी अमेरिका, बेलायत र यसका नाटो सहयोगीहरूले लिनुपर्ने उनको भनाई छ ।  

उनले युक्रेनमा बम विस्फोट गर्न यी देशले सहमति दिएको बताए ।  दुवै देशले एक अर्कालाई बाँध भत्काएको आरोप लगाउँदै आएका छन् 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ७ : ५७ बजे