दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भ्यान खाल्डोमा खस्दा अफगानिस्तानमा २४ जनाको  मृत्यु

काबुल । अफगानिस्तानमा भ्यान दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा परेर ८ बालबालिका र १२ महिलासहित २४ जनाको मृत्यु भएको हो ।

सार ए पोल प्रान्तीय प्रहरी प्रवक्ता दीन मोहम्मद नाजारीले चालकको लापरबाहीका कारण भ्यान सडकबाट खसेको बताउनुभयो। ‘चालकको लापरबाहीका कारण गाडी सडकबाट हटेर खाल्डोमा खसेको छ, २४ जनाको मृत्यु भएको छ,’ उहाँले भन्नुभयो ।

दुर्घटनाको कारणबारे थप विवरण आउन सकेको छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ७ : १६ बजे