काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।
सङ्घीय संसद् भवन, बानेश्वरमा बैठक आज बिहान ११ः०० बजे सुरु हुनेछ ।
बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।
सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले आज पनि छलफल जारी रहने भएको हो ।
प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार ७ : ०३ बजे
प्रतिक्रिया