दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जब क्षतिपूर्तिको लोभमा श्रीमतीले नै ज्युँदै श्रीमानलाई गुमाएको दाबी गरिन् ….

ओडिशा ।  भारतको ओडिशामा गत शुक्रवार भएको रेल दुर्घटनामा आफ्ना श्रीमानको ज्यान गएको भन्दै क्षतिपूर्ति दाबी गर्ने एक महिला समस्यामा परेकी छन् । 

भारतको कटक जिल्लाको मनियाबन्दीकी गीजान्जली दत्ताले दुर्घटनामा आफ्ना श्रीमानको मृत्यु भएको दाबी गरेकी थिइन् । 

 

उनले एउटा शवलाई आफ्नो श्रीमानको शव भनेर पहिचानसमेत गराएकी थिइन् । तर कागजात नमिलेपछि उनको दाबी पुगेन । उनलाई प्रहरीले चेतावनी दिएर छोडिदियो । 

तर, अहिले घटनामा नयाँ ट्वीस्ट आएको छ । रेल दुर्घटनामा ज्यान गुमाएका भनिएका उनका श्रीमानले प्रहरीमा उनीविरुद्ध जाहेरी दिएका छन् । मृत भनिएका श्रीमानले उनीविरुद्ध जाहेरी दिएपछि उनी समस्यामा परेकी हुन् । 

खासमा उनका श्रीमान विजय उक्त रेलमा यात्रासमेत नगरेका रहेछन् । 

१३ वर्षदेखि अलग बसेका श्रीमानले दुर्घटनामा मरेको दाबी गर्ने श्रीमतीविरुद्ध कडा कारवाहीको माग गर्दै जाहेरी दिएका छन् । 

श्रीमानले जाहेरी दिएपछि ती महिलाले सरकार र भारतीय रेल सेवाका तर्फबाट क्षतिपूर्ति र राहत लिन उक्त नाटक गरेको खुलेको छ । 

रेल दुर्घटनामा ज्यान गुमाउनेलाई ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले पाँच लाख, प्रधानमन्त्री नरेन्द्र मोदीले दुई लाख दिने घोषणा गरेका छन् । यस्तै रेल्वेले १० लाख दिँदै छ । 

शुक्रवार भएको दुर्घटनामा २७५ जनाको ज्यान गएको छ भने एक हजार बढी घाइते भएका छन् । जसमध्ये अहिले पनि २५० जना अस्पतालमा उपचार गराइरहेका छन् । अमर उजाला

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ५ : ३० बजे