दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ओडिशा रेल दुर्घटना : जब शवको थुप्रोमा राखिएको ब्यक्तिले हात चलायो ….

ओडिशा ओडिशा जेठ २० गते भारतको ओडिशा राज्यअन्तर्गत बालासोरमा भएको रेल दुर्घट्नामा २ सय ७५ जनाको मृत्यु भयो। हजारभन्दा बढी घाइते छन भने तीमध्ये करिव अढाई सय जना अझै अस्पतालमा उपचाररत छन्।

तीनवटा रेल आपसमा ठोक्किएर भएको भयानक दुर्घटनाको अवस्था बिस्तारै सामान्य हुँदै छ। मानिसहरुले शवको थुप्रोमा आफन्त खोजिरहेका छन्। शव खोज्ने क्रममा एउटा हृदयविदारक घट्ना भएको छ।

एक ब्यक्ति आफ्नो छोरोको मृत्यु भएको ठानी शवगृहमा शव खोजिरहेका थिए। उनका छोराको शव थुप्रोमा थियो। शवगृहमा उनीमाथि कयौं शव थुपारिएका थिए। तर जब उनले हात चलाए, तब मानिसहरूले उनी ज्यूँदै रहेको थाहा पाए।

विश्वजित नामका ति ब्यक्ति चेन्नई जाँना जुन २ मा संत्रागाछीबाट कोरोमण्डल ट्रेनमा चढेका थिए। रेल दुर्घटनामा परेको कुरा उनले नै फोन गरेर जानकारी दिए। त्यसपछि उनी बेहोस भए। उनी मरेको ठानेर मानिसले उनलाई बालासोर विद्यालयस्थित शवगृहमा राखे। उनीमाथि कर्यौ शव थुपारियो।

तर, होस आएपछि उनले हात चलाए। त्यसपछि उनी जिउँदै रहेको थाहा पाएर अस्पताल लगियो। छोराको फोन आएपछि खोज्न पुगेका वुवा हेलाराम मलिकले भने, ‘त्यो घटना मेरा लागि निकै पीडादायी थियो, किनकि मैले मेरो छोरालाई सधैँका लागि गुमाउन सक्थेँ। मेरो छोरा दुई वर्षपछि घर फर्केको थियो। हामीसँग १५ दिन मात्र बसेर ऊ बिदा भएको थियो। फेरि जाने वा नजाने उसको खुसी। तर बुबाका नाताले म उसलाई रोजगारीका लागि बाहिर नजान सल्लाह दिन्छु।’
 

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ५ : २१ बजे